Section 86
बुझाउनुपर्ने करको प्रमाण
कुनै व्यक्तिको नाम, ठेगाना र सो व्यक्तिले बुझाउनुपर्ने करको रकम उल्लेख गरी विभागको अधिकृतले हस्ताक्षर गरेको प्रमाणपत्र नै देहायका काम कारबाहीमा सो व्यक्तिबाट बुझाउनुपर्ने कर रकमको निमित्त पर्याप्त प्रमाण हुनेछः-

(क) कर असुल उपर गर्न परिच्छेद-२० बमोजिम विभागले गरेको कारबाही, वा

(ख) परिच्छेद-२३ बमोजिम कुनै कसूर सम्बन्धी कारबाही ।